image
image

एकै दिनमा एक लाखको फोटो बिक्री

काठमाडौँ २१ चैत ।  आन्द्राको क्यान्सर भएर उपचाररत दमौलीका फोटोग्राफर विकास दरैको सहयोगार्थ गरिएको फोटो प्रदर्शनीका क्रममा शुक्रबार रु एक लाखको फोटो बिक्री भएको छ । 

व्यास नगरपालिका–४ निवासी फोटोग्राफर दरैले खिचेको धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीयस्थललगायतका फोटो सदरमुकाम दमौलीस्थित अनसन चौतारीमा प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा राखिएका एउटा फोटोको रु दुई हजार मूल्य कायम गरिएको सहकर्मी युवराज भण्डारीले जानकारी  दिए ।

व्यावसायिक फोटोग्राफर तथा सङ्गीतमा समेत सक्रिय दरैको हाल भारतमा उपचार भइरहेको छ । क्यान्सरका कारण तीन वर्षयता थलिएको उनको उपचार खर्च जुटाउन उनका शुभेच्छुकले साङ्गीतिक कार्यक्रममार्फत आर्थिक सङ्कलन गर्दै आएका हुन् । दरैले खिचेका फोटो हेर्न आएका सर्वसाधारणको भीड लाग्ने गरेको छ भने फोटो अवलोकनपश्चात् मन परेका फोटो खरिद गरेर लैजाने गरेको भण्डारीले बताए। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।