image
image

मार्चमा दश हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ– सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ विदेशी पर्यटक नेपाल आएका छन्। यो सङ्ख्या सन् २०२१ को तीन महिनाको अवधिमा सबैभन्दा धेरै हो।

वर्षको पहिलो तीन महिनामा कूल ३२ हजार ९९७ पर्यटक नेपाल आएका छन्। जनवरीमा आठ हजार ८७४ र फेब्रुअरीमा नौ हजार १४६ पर्यटकले नेपाल भ्रमण गरेका छन्। अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार मार्चमा ११ हजार २०० पुरुष, तीन हजार ३६३ महिला र १२ अन्य लिङ्गी पर्यटक नेपाल आएका छन्।

तुलनात्मक रुपमा यो सङ्ख्या सन् २०२० को तुलनामा ५५ दशमलव ५८ प्रतिशत कम हो। सो अवधिमा ३४ हजार २५ पर्यटक नेपाल आएका थिए। यस्तै सन् २०१९ को तुलनामा ८८ दशमलव २४ प्रतिशतले कमी हो। सन् २०१९मा एक लाख २७ हजार ३१५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।

मार्चमा भारतबाट सबैभन्दा धेरै सात हजार ६५८ पर्यटक नेपाल आएका छन्। अमेरिकाबाट एक हजार ७०३ पर्यटक आएका छन्। चीनबाट एक हजार २०७ पर्यटक आएका छन्। बेलायतबाट ६६५ र बङ्गलादेशबाट ५६८ पर्यटक नेपाल आएका छन्।

वसन्तयामको आरोहण चलिरहेकाले अहिले अधिक सङ्ख्यामा विदेशी नेपाल आउनुले कोभिडपछिको पर्यटनलाई चलायमान बनाउन सकारात्मक प्रभाव पर्ने बोर्डको अनुमान छ।

बोर्डका प्रवक्ता मणि लामिछानेले क्रमशः विदेशी पर्यटकको आगमन वृद्धिले पर्यटन क्षेत्रमा सकारात्मक संकेत देखिएको र यसले समग्र पर्यटन क्षेत्रलाई उत्साहित तुल्याएको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।