राष्ट्रपतिद्वारा मेलम्ची पानीको औपचारिक उद्घाटन
काठमाण्डाै । काठमाण्डाैमा आज मेलम्ची पानीको औपचारिक उद्घाटन भएको छ ।काठमाण्डाैको भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको उद्घाटन गर्नु भएको हो ।
काठमाण्डाैको भृकुटीमण्डपमा एक औपचारिक कार्यक्रमकावीच दिउँसो २ बजेर ४० मिनेट जाँदा राष्ट्रपति भण्डारीले मेलम्चीको पानी उद्घाटन गर्नु भएको हो । त्यसैगरी उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको सहभागीता देखिएको छ ।

यसअघि आयोजनाले २३ गते सोमवार उद्घाटन गर्ने भने पनि पानी वितरण भइसकेपछि ढिला गर्न नहुने भन्दै उद्घाटन कार्यक्रम आजका लागि राखिएको आयोजनाका प्रमुख कमलराज श्रेष्ठले बताउनुभयो । काठमाण्डाैमा आइतवारदेखि नै मेलम्चीको पानी वितरण सुरु गरिएको छ । यस्तै आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका ठाउँमा पनि मेलम्चीको पानी वितरण हुने बताइएको छ ।