image

सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल

काठमाडौँ २० चैत । आन्तरिक राजस्व विभागले मुलुकभरबाट छनोट गरी सबैभन्दा बढी कर तिरेर उत्कृष्ट घोषित १५ करदातालाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्राली रहेको छ । सूर्य नेपाल विगतमा पनि पटकपटक उत्कृष्ट करदाता घोषित भएको थियो । निर्यातकर्तामध्ये डाबर नेपाल प्रालीले सबैभन्दा बढी आयकर तिरेको छ ।

त्यस्तै सबैभन्दा बढी आयकर तिर्ने विशेष उद्योगतर्फ हिमाल पावर लिमिटेड रहेको विभागले जनाएको छ । सबै उत्कृष्ट करदातालाई विहिबार काठमाडौंमा विशेष समारोहका बीच सम्मान गरिएको थियो । कृषि तथा पशुपक्षी उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्नेमा अन्नपूर्ण एग्रो इण्डष्ट्रिज प्राली रहेको छ भने सहकारी तथा लघु वित्तमध्येबाट छिमेकी लघुवित्त वित्तीय लिमिटेडले सबैभन्दा बढी कर तिरेको छ । बैंक वित्तीय संस्थातर्फ नवील बैंक लिमिटेड, बीमा व्यवसायमध्येबाट नेपाल पुर्नबीमा कम्पनी लिमिटेड, शिक्षा सेवामध्येबाट मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप नेपाल प्राली, विप्रेषण कारोवारतर्फ आइएमइ लिमिटेड उत्कृष्ट करदाता बन्दै सम्मान प्राप्त गर्न सफल भएका छन् ।

विभागका अनुसार व्यापार व्यवसायमध्येबाट अग्नि इन्कर्पाेरेट प्रालि, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले सबैभन्दा बढी कर तिरेको छ । मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदातामध्येबाट कामना सेवा विकास बैंकले सबैभन्दा बढी कर तिरेको छ । विभागले हिजोको कार्यक्रममा यी १५ जना करदातालाई सम्मान पनि गरेको थियो । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।