दोब्बर भन्दा बढीले बढ्यो केराउको भाउ
काठमाडौं चैत २० ।नेपालमा विगत छ महिनाको अवधिमा सेतो केराउको मूल्य दोब्बरभन्दा बढी महँगो भएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुुसार गत कात्तिकमा सेतो केराउ प्रतिकेजी ७० रुपियाँमा खुद्रा बिक्री भएकामा अहिले बढेर १५० रुपियाँ पुगेको छ ।यस्तै सो अवधिमा हरियो केराउको मूल्य प्रतिकेजी ११० रुपियाँबाट बढेर १५५ रुपियाँ पुगेको छ ।
सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले पछिल्लो पटक केराउको भाउ अस्वाभाविक रूपमा महँगो भएको बताए। महँगोमा तिर्नुपर्ने केराउ गुणस्तरीय पनि नभएको उनले बताए। त्यस्तै वणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केराउ, छोकडा, मरिच, सुपारीको पैठारीमा फुकुवा गरेको छ ।अब भने बिस्तारै केराउको भाउ सस्तो हुने विश्वास लिईएको छ ।