image
image

पहिलोपटक ‘उसु अवार्ड–२०७७’ भक्तपुरमा आयोजना हुने

काठमाडौँ १९ चैत । नेपालको खेलकूद इतिहासमै पहिलोपटक ‘उसु अवार्ड–२०७७’ भक्तपुरमा आयोजना हुने भएको छ । उसु खेलको विकास र उसु खेलाडीप्रति सम्मान एवं प्रोत्साहन गर्ने उद्देश्यले नागरिक विकास वचत तथा ऋण सहकारी संस्था लि कौशलटार र यो यो बेङ्क्वेट सूर्यविनायकको प्रायोजनमा सो अवार्ड प्रदान गरिने भएको हो ।

जिल्ला खेलकूद विकास समिति भक्तपुरको पहल एवं नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीको आयोजनामा आगामी २१ गते शनिबार यो यो बेङ्क्वेटमा एक समारोहबीच पहिलो ‘उसु अवार्ड–२०७७’ प्रदान गरिने भक्तपुर जिल्ला खेलकूद विकास समितिका अध्यक्ष एवं यो यो बेङ्क्वेटका सञ्चालक श्रीभक्त कासिछ्वाले जानकारी दिए । उसु अवार्ड वितरणका लागि नागरिक विकास वचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष नुनम सुब्बा, भक्तपुर जिल्ला खेलकूद विकास समितिका अध्यक्ष कासिछ्वा र अवार्ड संयोजक राजीव महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका छन् ।

कूल पाँच लाख ६० हजारको अवार्ड वितरण कार्यक्रममा नागरिक विकासले नगद पुरस्कारका लागि आवश्यक रकम र योयो बेङ्क्वेटले कार्यक्रम व्यवस्थापनमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने गरी प्रायोजन गरिएको कासिछ्वाले बताए । कार्यक्रममा छ खेलाडीलाई नगदसहित अवार्ड वितरण गरेर सम्मान गरिने भएको छ । उसुको सान्सौं र थाउलोतर्फ समान एक–एक, पुरुष–महिला गरी चार खेलाडीलाई नगदसहित अवार्ड प्रदान गरिने छ । उदीयमान खेलाडीका रुपमा एक–एक पुरुष÷महिला गरी दुई खेलाडीलाई अवार्ड र नगदबाट पुरस्कृत गरिने भएको छ ।

आठौँ राष्ट्रिय खेलकूद र १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को प्रदर्शनलाई आधार मानी खेलाडी छनोट गरिने अवार्ड वितरण कार्यक्रमका संयोजक महर्जनले जानकारी दिए । उसु खेलको विकास र विस्तारमा लामो समयदेखि संलग्न रहेर योगदान पुर्याउने एकलाई ‘लाइभ टाइम एचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरिने भएको छ भने विगत १० वर्षदेखि उसु प्रशिक्षका रूपमा सेवा गरिरहेका प्रशिक्षकलाई पनि प्रशंसापत्रबाट सम्मान गरिने भएको छ ।

नेपालमै पहिलोपटक भक्तपुरबाट उसु अवार्ड वितरणको शुरुआत गर्न पाउँदा सिङ्गो भक्तपुरवासीका लागि खुशी र गौरवको कुरा भएको भन्दै समितिका अध्यक्ष एवं योयोका सञ्चालक कासिछ्वाले अवार्ड वितरण कार्यक्रम भव्य बनाउने बताए । पुरस्कारको मुख्य प्रायोजक नागरिक विकासका अध्यक्ष सुब्बाले उसुका खेलाडीलाई प्रदान गरिने यो अवार्डसँग जोडिन पाउँदा खुसी लागेको उल्लेख गर्दै अवार्डको शुरुआतले खेलाडीको मनोबल बढाउनुका साथै देशको शान उच्च बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।

अवार्ड वितरणमा सहयोगात्मक भूमिका निर्वाह गर्नुभएका हिमाल साकोसका अध्यक्ष विज्ञान राईले भक्तपुरमा कुनै पनि खेलकूदको विकास एवं प्रतियोगितामा यो समूहले आर्थिक तथा भौतिकरूपमा निरन्तर सहयोग गर्दै आएको र उसुको विकासमा पनि थप सहयोग गर्ने बताए । त्यस्तै भोलियन्टर उसु कमिटीका अध्यक्ष मन्जुर महर्जनले अवार्डपछि राष्ट्रियस्तरको उसु प्रतियोगिता आयोजना गर्दै भोलियन्टर उसु कोच कमिटीका रूपमा विकास गर्दै लैजाने लक्ष्य रहेको बताए ।

अवार्डमा प्रदान गरिने ट्रफी बुधबार सार्वजनिक गरिएको छ । नागरिक विकासका अध्यक्ष सुब्बा, यो योका सञ्चालक कासिछ्वा, अवार्ड संयोजक महर्जन र हिमाल साकोसका अध्यक्ष राईले संयुक्तरुपमा ट्रफी अनावरण गरेका हुन्।-रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।