image
image

१०० वाट फास्ट चार्जर भएको साओमीको नयाँ ल्यापटप सार्वजनिक,कति छ मूल्य? 

काठमाडौँ - हालै साओमीले मि नोटबुक प्रो १५ र मि नोटबुक प्रो १४ ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले ११ औं पुस्ताको इन्टेल टिगर लेक सीपीयू र एनभिदिया जिफोर्स ग्राफिक्स सहितका यी दुई ल्यापटप घरेलु बजार चीनमा सार्वजनिक गरेको हो ।

मि नोटबुक प्रो १५ मा ओएलईडी डिस्प्ले दिइएको छ भने मि नोटबुक प्रो १४ मा हाई रिफ्रेश रेट एलसीडी डिस्प्ले राखिएको छ । यी दुवै कयौं कन्फिग्रेसनका साथ बजारमा ल्याइएको छ ।मि नोटबुक प्रो १५ को मल्य ६४९९ चिनियाँ युआन (करिब १ लाख १६ हजार रुपैयाँ) बाट सुरु हुन्छ । जसमा कोर आई ५ सीपीयू, १६ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज र इन्टेल आइरिस एक्स ई ग्राफिक्स राखिएको छ ।

त्यसैगरी  यही कन्फिग्रेसनयुक्त एनभिदिया जिफोर्स एमएक्स ४५० जीपीयूका साथ यो ल्यापटपका लागि ६९९९ युआन (करिब एक लाख २५ हजार रुपैयाँ) पर्न जान्छ । सँगसँगै कोर आई सेभेन भेरियन्टको मूल्य ७९९९ युआन (करिब एक लाख ४३ हजार रुपैयाँ) राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।