किसान लघुवित्तको सेयर कारोबार खुल्यो
काठमाडौँ १९ चैत । आज बाट किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबार खुलेको छ । नेप्सेले सोधको स्पष्टिकरणको जवाफ पठाएपछि संस्थाको दोस्रो बजारमा सेयर कारोबार खुल्ला गरेको हो।
यसअघि कम्पनीले हकप्रद सेयर प्रस्तावसम्बन्धी सूचना सम्बन्धित निकायलाई जानकारी गराउनु अगाडि नै सार्वजनिक गरेको विषयमा कारबाही वरुप नेप्सेले कारोबार रोक्का गरेको थियो ।
नेप्सेले सोधेको स्पष्टीकरणमा कारोबार प्रभावित पार्ने मनसाय नरहेको र आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता कम्पनीले गरेपछि कारोबार फुकुवा गरेको नेप्सेले जनाएको छ ।