image
image

चिनियाँ खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाउने तयारी

काठमाडौँ १९ चैत । सरकारले चीनले अनुदान स्वरूप उपलब्द गराएको कोरोना विरुद्धको खोप ४० देखि ५० वर्ष उमेर समुहका मानिसहरुलाई लगाउने तयारी गरेको छ ।गत आइतबार चिनियाँ सरकारी स्वामित्वको फारमास्युटिकल ग्रुप अन्र्गतको सिनोफार्मले उत्पादन गरेको खोपको ८ लाख डोज सोमबार नै नेपाल आइपुगेको थियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सोहि खोप  ४० वर्षदेखि ५४ वर्ष उमेर समुहका नागरिकहरुमा लगाइने निर्णय भएको बताएका हुन् । तर खोप कहिलेबाट सुरु गर्ने भन्ने निर्णय भएको छैन। प्रवक्ता गौतमले राष्ट्रिय खोप सल्लाहकार समितिको परामर्शपछि चिनियाँ खोपबारे थप निर्णय लिइने बताए। चीनबाट प्राप्त खोप करिब ४ लाखलाई दिने मन्त्रालयको योजना छ।

यसअघि भारत सरकारले अनुदानमा दिएको १० डोज कोभिसिल्ड र कोभ्याक्स सुविधाको ३ लाख ४८ हजार डोज कोभिसिल्ड प्रयोग भइसकेको छ भने सरकारले थप १० लाख डोज कोभिसिल्ड भारतबाट खरिद गरिसकेको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।