image
image

मोबाइल मनी जेठदेखि सञ्चालनमा आउने

काठमाडौँ - नेपाल  टेलिकम रााष्ट्रिय  वाणिज्य बैङ्कले  संयुक्त  रूपमा  ल्याउन  लागेको  मोबाइल मनी  जेठदेखि  सञ्चालनमा  आउने  भएको  छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


मोबाइल ब्यालेन्सको प्रयोग गरी इन्टरनेट नभएको अवस्थामा  पनि  कारोबार  गर्नसक्ने  उक्त  सुविधा ढिलोमा जेठदेखि सुरु हुने नेपाल डिजिटल पेमेन्ट कम्पनी (एनडीपीसी)का प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।


बुधबार आयोजित  भर्चुअल  कार्यक्रममा  उनले  अहिले मोबाइल मनी सञ्चालनका लागि प्राविधिक रूपमा काम भइँरहेको बताए कार्यक्रममा   उनले   डिजिटल   भन्नासाथ निःशुल्क हुनुपर्छ भन्ने आमधारणामा परिवर्तन  आवश्यक रहेको  पनि  बताए ।


डिजिटलाइजेसनका  लागि  ठूलो  पुँजी  लगानी गर्नुपर्ने भएकाले त्यसलाई भरपर्दो दिगो बनाउन पनि  पूर्ण  रूपमा  निःशुल्क  गर्नु  सम्भव  नहुने उनको भनाइ छ । त्यस्तै डिजिटल फाइनान्सलाई द्रुत  गतिमा  अगाडि  बढाउन  उपकरण  आयातमा छुट सुविधा उपलब्ध गराउने पर्ने विषयमा पनि ध्यान दिनुपर्ने उनको सुझाव थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।