४३.३६ अंकले बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब माथि
काठमाडौं १८ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बुधबार) दोहोरो अंकले बढेको छ । हिजो मंगलबार नेप्से ३२.१० अंकले बढेर दुई हजार पाँच सय ७५ दशमलब ६२ विन्दुमा पुगेको थियो ।
नेप्सेका अनुसार आज नेप्से ४३.३६ अंकले बढेर दुई हजार छ सय १९ दशमलब ०३ विन्दुमा पुगेको छ भने आज ६ अर्ब १६ करोड ६८ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका समूहमध्ये एक समूह बाहेक अन्यसबै समूह बढेका छन् । आज ट्रेडीङ् समूह बढ्न नसकेको हो । त्यस्तै आज ७ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।