नेपालमा ७ लाख ५० हजार बढी बेरोजगार सूचीकृत
काठमाडौँ १८ चैत । विश्व महामारीको रुपमा फैलिएको कोरोना महामारीको कारणको प्रभावले अन्तर्राष्ट्रिय श्रम बजारमा संकुचन आउँदा वैदेशिक रोजगारीमा असर पारेको छ । यसले नेपाली श्रम बजारमाथि पनि ठूलो असर गरेको छ । चैत ६ गतेसम्म देशभरीका ७ लाख ५० हजार बढी बेरोजगारको सूचीमा दर्ता भएका छन् ।
श्रम मन्त्रालयका अनुसार चैत ६ गतेसम्म देशभरीका ७ लाख ५१ हजार ५ सय जना बेरोजगारको सूचीमा दर्ता भएका हुन् । ती मध्य प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ३३ हजार ७ सय ५० जनाले रोजगारी पाएको मन्त्रालयले जनाएको छ ।