नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने विश्व बैंक प्रक्षेपण
काठमाडौँ १८ चैत । विश्व बैंकले नेपालको अर्थतन्त्र सुधारउन्मुख हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले आगामी आर्थिक वर्ष २०२१ २०२२ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) बढोत्तरी भएर २.७ प्रतिशतले वृद्धि हुने अनुमान गरेको हो ।साथै सन् २०२३ मा ५.१ प्रतिशतले अर्थतन्त्र पुनर्उत्थान हुने विश्व बैंकले जनाएको छ ।
विश्व बैंकले बुधबार विज्ञप्ती जारी गर्दै दक्षिण एसियाको अर्थतन्त्र २०२१ मा ७.२ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो ।साथै बैंकले नेपालसहित बंगलादेश र पाकिस्तानको जीडीपीको आकार पनि वृद्धि हुने आशा गरेको छ । यसो हुनुमा रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि कारण रहेको उल्लेख छ ।
कोभिड–१९ का कारण धेरै व्यवसाय प्रभावित भएका, राजश्व सङ्कलनमा कमी आएको तथा लाखौँ बेरोजगार भएका जनाउँदै प्रतिवेदनमा रोजगारीका अवसर अझै प्रभावित हुने, आम्दानी घट्ने र असमानता बढ्दै जाने प्रतिवेदनमा उल्लेख छ ।