अब जापानमा कोभिड –१९ बारे विभिन्न भाषामा जानकारी लिन सकिने
काठमाडौँ १८ चैत । अब जापानमा कोभिड –१९ बारे विभिन्न भाषामा जानकारी लिन सकिने भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले जापान बस्दै आएका विदेशीलाई मध्यनजर गर्दै आफ्नो वेबसाइट मार्फत १२ ओटा भाषामा अनुवाद गरिएको फारम र जानकारी सार्वजनिक गरेको हो । त्यसैगरी जापान सरकारले नेपाली भाषामा पनि कोभिड –१९ बारे जानकारी लिन सक्ने व्यावास्था गरको छ ।
मन्त्रालयले अंग्रेजी, अरबी, फ्रान्सेली, इन्डोनेशियाली, कोरियाली, बर्मिज, नेपाली, पोर्चुगाली, रुसी, स्पेनी, तागालोग र थाई भाषामा अनुवादित जानकारी पत्र र फारम सार्वजनिक गरेको छ । साथैे खेमर, मंगोलियाली, भियतनाम र चिनियाँ भाषामा पनि फारम र जानकारी अनुवाद भइरहेको मन्त्रालयले जनाएको छ ।उक्त जानकारी पत्रमा खोप कसले लगाउन सक्छन् ? खोपको सम्भावित असर केके हुन् ? खोप कसरी लगाउन सकिन्छ ? लगायतका जानकारीहरु समेटिएको छ । यसैगरी खोप लगाउनु अघि याद गर्नु पर्ने जानकारीहरु खोप फारममा समावेस गरिएको छ ।
यद्यपी फारम चेकजाँच गर्ने डाक्टर तथा नर्सले अन्य भाषा नबुझ्ने भएकोले जापानी भाषामा नै फारम भर्नुपर्ने मन्त्रालयले जनाएको छ । खोप लगाउनका लागि विदेशी नागरिकले पनि जापानी नागरिक सरहकै सर्तहरु पूरा गर्नुपर्नेछ ।