आज टीएमएसमा समस्या हुँदा सेयर कारोबार अवरुद्ध
काठमाडौं । बुधबार फेरी पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या देखिएको छ । कारोबारको १ घण्टापछिदेखि टिएमएसमा समस्या आएको भन्दै लगानीकर्ताहरुले गुनासो गरेका हुन् ।
नेप्सेले ब्रोकरको टीएमएसमा केही समस्या भएको र त्यसको समाधानको प्रयास भइरहेको भन्दै आफ्नो वेबसाइटमा नोटिस राखेको छ । मध्याह्न १२ बजेसम्म सहज रुपमा कारोबार भइरहेको भए पनि त्यसपछि अनलाइन कारोबारमा केही अर्डर नदेखाउने र केही अर्डर म्याच नभएपछि नेप्सेले उक्त समस्या समाधानको प्रयास गरिरहेको जनाएको छ ।
अहिले प्राविधिक समाधानका लागि पहल भैरहेकाले धैर्य गर्न लगानीकर्ताहरुमा नेप्सेले आग्रह गरेको छ ।