सारथी नेपाल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं १८ चैत । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (बुधवार) अन्तिम दिन रहेको छ ।
यी दुबै कम्पनीले प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आव्हान गरिसकेका छन् । सारथी नेपाल लघुवित्तले बैशाख ३ गते र सूर्योदय लघुवित्तले चैत ३१ गते बार्षिक साधारण सभा बोलाएका हुन । उक्त सभा प्रयोजनका लागि दुबै कम्पनीले चैत १९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले चैत १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउने भएका हुन ।
सारथी नेपाल लघुवित्तले ८ दशमलव ५६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले यस वर्ष ८ दशमलव १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
त्यस्तै सूर्योदय लघुवित्तले १५ दशमलव ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव चैत ३१ गते पारित गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २१ करोड ५० लाख ४२ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो।