image
image

नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा १ अर्ब ९३ करोड लगानी गर्ने

काठमाडौँ १७ चैत। नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको १ अर्ब ९३ करोड रुपैयाँ वाणिज्य बैंक,विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा ३६५ दिन अवधिको लागि लगानी गर्ने भएको छ।

बैंकले १ वर्षे अवधिको लागि उक्त रकम लगानी गर्ने जनाएको छ । बैंकका अनुसार बाणिज्य बैंकहरुमा १ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ, विकास बैंकमा २९ करोड ४ लाख रुपैयाँ र फाइनान्स कम्पनीमा ९ करोड ६८ लाख रुपैयाँ राख्न लागिएको हो।  

सूचना अनुसार २०७८ बैशाख १ गतेदेखि २०७९ बैशाख १ गतेसम्मका लागि राष्ट्र बैंकले आफ्नो कोषमा भएको रकम राख्नेछ । रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले चैत १८ गते दिउँसो २ बजेसम्म राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागमा दिन सक्ने ब्याजसमेत खुलाई लिन चाहेको रकमको बारे बैंकले तोकेको शिलबन्दी दरभाउ सम्बन्धि फारम भरी बुझाउनु पर्नेछ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।