image
image

देशका ८० ठाउँभन्दा बढी वनमा आगलागी

काठमाडौं    देशभरको २९ जिल्लामा ८४ ठाउँको वनमा आगलागी भइरहेको छ। केही दिनदेखि यता सुक्खा मौसम सुरु भएसँगै देशभरका वनमा आगलागी हुने क्रम बढिरहेको छ।

अछाममा २, बझाङ १, बाँके ५, बर्दिया ८, भोजपुर १, चितवन ४, दैलेख ३, दाङ १४, डोटी १, गोर्खा १, जाजरकोट २, झापा १,कैलाली १,कास्की १,खोटाङ १, मकवानपुर १,नवलपरासी १,पाल्पा ३,पर्सा ५, रामेछाप १, रुपन्देही २,सल्यान २, सर्लाही १, सिन्धुली ६, सिराहा २,सुर्खेत ४ र उदयपुरको ८ ठाउँमा आगलागी भइरहेको वन तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत वन डढेलो पहिचान प्रणालीले जानकारी दिएको छ।

विभागका अनुसार आगलागी भएका ठाउँका स्थानीय निकाय र डिभिजन वन कार्यालयलाई जानकारी गराइसकेको विभागका एक कर्मचारीले बताए। वन कार्यालयमा इमेल र एसएमएस गरेर सूचना दिने गरिएको छ। डिभिजन वन कार्यालयले स्थानीय तहसँग सहकार्य गरी आगलागी नियन्त्रण गरिने गरेको उनको भनाइ छ।

आगलागी नियन्त्रणमा सुरक्षाकर्मी र वारुण यन्त्रको प्रयोग गरिने गरिएको छ। मानिसहरुले चुरोट खाएर फाल्ने,वनभोजमा गएकाले आगो छोडेका तथा नयाँ रुख पलाउने आशामा आगलागी हुन गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।