बढ्दै आगलागीका घटना, एकै दिन १२ स्थानमा आगलागी
काठमाडौँ १७ चैत । नेपालमा पछिल्लो समय आगलागीका घटना बढ्दै गईरहेको छ । यो वर्ष हिउँदमा राम्ररी वर्षा हुन नसक्दा पनि आगलागीको घटना बढेको अनुमान गरिएको छ।
यस्तै आइतबार मात्रै देशका १२ स्थानमा ठूला आगलागीका घटना भएका छन्। ती आगलागीका घटनाबाट ४७ लाख ५४ हजार रूपैयाँ बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
वि.सं. २०७७ वैशाख १ गते यता देशभर २,२४१ वटा ठूला आगलागीका घटना भएका छन्। ती घटनामा परी ८६ जनाको मृत्यु भएको छ भने ३५० जना घाइते भएका छन्। प्राधिकरणका अनुसार यो वर्ष आगलागीले दुई अर्ब रूपैयाँभन्दा बढीको क्षति गरिसकेको छ।