७ प्रतिशतले घट्यो इन्धन आयात
काठमाडौँ १७ चैत- गत वर्षदेखि विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमित फेरी बढ्ने थालेसँगै इन्धन खपत घटेको छ ।हाल कोभिड–१९ को असरले इन्धन आयात सात प्रतिशतले घटेको छ ।
नेपाल आयल निगमका अनुसार मार्च महिनासम्म ७९ अर्ब ८२ करोड १९ लाख १३ हजार रुपैयाँ बराबरको १७ लाख ३ सय ८९ किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा १८ लाख २१ हजार किलोलिटर आयात भएको थियो । निगमका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा सबैभन्दा बढी डिजेल ४७ अर्ब ४९ करोड रुपैयाँको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने ६७ अर्ब ३ करोड रुपैयाँको आयात भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढेकाले परिणाम घटे पनि रकम भने बढेको निगमले जानकारी दिएको छ । पछिल्लो चार महिनादेखि अन्तर्राष्ट्रिय बजारमा निरन्तर इन्धनको मूल्य बढ्दै आएको छ । निगमका अनुसार मार्च महिनासम्म सबैभन्दा धेरै डिजेल मासिक १ लाख २९ हजार ९ सय ४३ किलोलिटरका दरले ९ लाख ७४ हजार ५ सय ७६ किलोलिटर आयात भएको छ । यस्तै पेट्रोल मासिक ४९ हजार ५ सय ६९ किलोलिटरका दरले मार्च महिनासम्म ३ लाख ७१ हजार ७ सय ७२ किलोलिटर आयात भएको छ ।
त्यसैगरी कोभिडका कारण लामो समयसम्म हवाई उडान नहुँदा इन्धनको खपत कम भएको छ ।साथै निगमका अनुसार मासिक ३९ हजार १ सय १७ मेट्रिक टनका दरले मार्च महिनासम्म २ लाख ९३ हजार ३ सय ८१ मेट्रिक टन खाना पकाउने एलपीजी ग्यास आयात भएको छ ।हरेक वर्ष इन्धनको खपत ८ देखि १० प्रतिशतका दरले बढ्ने गरेकोमा अहिले भने कोभिडका कारणले खपत कम भएकाले आयात कम भएको निगमको भनाइ छ ।