image
image

सारथी नेपाल र सूर्योदय लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन 

काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने चैत १८ गते (बुधवार) अन्तिम दिन रहेको छ ।

यी दुबै कम्पनीले प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आव्हान गरिसकेका छन् । सारथी नेपाल लघुवित्तले बैशाख ३ गते र सूर्योदय लघुवित्तले चैत ३१ गते बार्षिक साधारण सभा बोलाएका हुन । उक्त सभा प्रयोजनका लागि दुबै कम्पनीले चैत १९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले चैत १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउने भएका हुन । 

सारथी नेपाल लघुवित्तले ८ दशमलव ५६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले यस वर्ष ८ दशमलव १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

त्यस्तै सूर्योदय लघुवित्तले १५ दशमलव ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव चैत ३१ गते पारित गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २१ करोड ५० लाख ४२ हजार रहेको छ ।  सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो। 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।