image

कर छलीको आरोपमा कोकाकोला लाई  मुद्दा 

काठमाडौँ १७ चैत । कोकाकोला कम्पनीले  अरबौं कर छली गरेको खुलेको छ । राजश्व अनुसन्धान विभागले गरेको छानबिनमा सो कम्पनीले करिब १२ अर्ब रुपैयाँ कर छली गरेको पुष्टि भएको हो ।कोकाकोलाको स्थानीय बोटलिङ कम्पनी, बोटलर्स नेपाल लिमिटेडको ७६ प्रतिशत सेयर विदेशमा नै किनबेच गरी कर छली भएको पुष्टि भएको छ ।

विभागले सो कम्पनीका उच्च पदस्थसँग बयान समेत लिइसकेको छ । नेपाल राष्ट्र बैंकले सो कम्पनीलाई लाभांस लैजान समेत रोक लगाइसकेको छ । नेपालमा उद्योग विभाग लगायत कुनै निकायलाई जानकारी नगराई बोटलर्स नेपालको धेरै स्वामित्व रहेको दुबईस्थित साउथ वेस्ट होल्डिङ्स लिमिटेड (साब्को)ले कोकाकोलाको मुल कम्पनीलाई शेयर  बिक्रि गर्दाको आयकर लगायतका कुनै कर नतिरेको पुष्टि भएकाले मुद्धा दर्ता गरिएको हो ।

त्यसैगरी कोकाकोलाजस्तै अर्को पेप्सीको नेपालस्थित वरुण वेभरेज नेपालले ६४ करोड रूपैयाँभन्दा बढीको मूल्य अभिवृद्धि कर (भ्याट) छली प्रकरणका विभागले मुद्दा दायर गरिसकेको छ ।

वरुण वेभरेज (नेपाल) सञ्चालकहरू अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविनकुमार अग्रवाल, विनोद सिंह भनिने विनोदकुमार सिंह तथा अशोक कुमारविरुद्ध मुद्दा दायर भइसकेको छ । सो कर छली प्रकरणमा वरुण वेभरेजका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रविन अग्रवाललाई उच्च अदालत पाटनले थुनामा पठाउने आदेश दिइसकेको छ ।
   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।