image
image

फेरी भेटियो बर्डफ्लु, सचेत रहन आग्रह 

काठमाडौँ १७ चैत । राजधानी काठमाडौँ नजिकै रहेको ललितपुर महानगरपालिका–१४ नख्खुमा  बर्डफ्लु रोग भेटिएको छ । नख्खुमा एक कृषकले पालेका स्थानीय कुखुरा, बट्टाई र हाँसमा बर्डफ्लु रोग भेटिएको हो ।  विभागले रोग नियन्त्रणका लागि ५ सय १६ हाँस, ८५४ स्थानीय कुखुरा, १ सय ५४ बट्टाई, ९ सय ४४ गोटा अण्डा र ३ सय ३५ किलोग्राम दाना नष्ट गरेको जनाएको छ ।

यसअघि  गत माघमा काठमाडौंको तारकेश्वर नगरपालिकाको दुई पटक बर्डफ्लु रोग देखिएको थियो । पहिलो पटक गतमाघमा वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु भेटिएको थियो । दोस्रो पटक डा नं १ स्थीत साङ्गलेखोला छापका किसान प्रलाद तामाङ्ग र उनका छोरा सुमन तामाङ्गले पालेको हाँस एवं कुखुरामा  बर्डफ्लु देखिएको थियो ।

विभागका अनुसार माघयता काठमाडौं, सुर्खेत र जाजरकोटमा बर्ड फ्लु फैलिएको पुष्टि भइसकेको छ । बर्ड फ्लु रोगको निगरानीको क्रममा देशका विभिन्न स्थानबाट नमुना संकलन गरी परीक्षण गर्दा फेरी ललितपुरमा फेरी बर्डफ्लु भेटिएको छ । सर्भिलेन्सकै क्रममा बागमती प्रदेश, ललितपुर महानगरपालिका वडा नं. १४ नख्खुमा कृषकले पालेका स्थानीय कुखुरा, बट्टाई र हाँसमा बर्डफ्लु र हाँसबाट संकलन गरिएको नमुनामा परिक्षण गर्दा सोमबार पुष्टि भएको विभागले जानकारी दिएको छ ।
 
त्यसैगरी विभागका अनुसार त्रिपुरेश्वरको रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा कुखुरा, बट्टाई र हाँसमा बर्डफ्लु रोग एच फाइव एन ऐट निदान पुष्टि भएको छ । बर्डफ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका निकायहरूको परिचालन गरिएको विभागले जनाएको छ । साथै विभागले कोरोना भाईरसको संक्रमित समेत बढेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । 

   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।