image
image

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ १७ चैत । साताको तेस्रो दिन मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो २ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज ५ सय रुपैयाँले घटेको छ ।आज छापवाला सुन ८६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्यमा पनि ५ सय रुपैयाँले नै गिरावट आएको छ। हिजो ८६ हजार ५० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ८५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदीको मूल्य :

आज चाँदीको मूल्यमा पनि गिरावट आएको  छ । हिजो १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको आज १० रुपैयाँले घटेर १२ सय १५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।