४ ओटा कम्पनीको शेयर सूचीकृत
काठमाडौं । सोमबार नेप्सेमा चार ओटा अलग - अलग कम्पनीको शेयर मा सूचीकृत भएको छ ।सहारा विकास बैंकको हकप्रद शेयर र आरएसडिसी लघुवित्त वित्तीय संस्था, एनएमबी लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्सको बोनस शेयर सूचीकृत भएको हो ।
आरएसडिसी लघुवित्तको ६ लाख ४ हजार ३७० दशमलव ४५ कित्ता बोनस शेयर, एनएमबि लघुवित्तको ८ लाख ६१ हजार ८७३ दशमलव २५ कित्ता बोनस शेयर , पोखरा फाइनान्सको ४ लाख ५८ हजार ६४० दशमलव ८६ कित्ता बोनस शेयर र सहारा विकास बैंकको ९ लाख २१ हजार १४८ दशमलव ७० कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।
ती चार ओटै कम्पनीको शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।