image
image

खुल्यो भन्सार एजेन्टका लागि नयाँ लाइसेन्स आवेदन

काठमाडौँ १६ चैत । भन्सार विभागले भन्सार एजेन्टको नयाँ लाइसेन्स लिनको लागि आवेदन खुला गरेको छ ।करिब २० वर्ष पछि विभागले  नयाँ भन्सार एजेन्ट थप्ने प्रक्रियालाई अघि बढाएको हो ।

भन्सार एजेन्टको लागि दरखास्त दिन चाहने योग्य उम्मेदवारले वैशाख १२ गते सम्म तीन हजार रुपैयाँ तिरेर आवश्यक काजजात अपलोड गरेर अनलाइनमार्फत दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । त्यस्तै लिखत र अन्तवार्ताअनुसार उम्मेदवार छनोट गर्ने विभागले चैत १५ गते जारी गरेको सूचनामा उल्लेख गरिएको छ । विभागले नयाँ लाइसेन्स परीक्षाको पाठ्यक्रम र कार्यविधि समेत तयार गरिसकेको छ।
 
कोरोना भाईरसको कारण अघिल्लो वर्षदेखि तयारीमा रहेको परिक्षा सञ्चालन गर्न पाठ्यक्रम, कार्यविधि, परीक्षा सञ्चालन दिग्दर्शनहरू गरिसकेको छ । लाइसेन्स परीक्षामा दशौँ हजार परीक्षार्थी सहभागी हुनसक्ने आँकलन विभागले गरेको छ । ८ सय जनाजति भन्सार एजेन्ट भए देशभरका लागि पर्याप्त हुने भन्सार विभागले आँकलन छ । त्यसमध्ये अहिले १ सय ७० जना मात्रै भन्सार एजेन्ट कायम रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।