image
image

एसिया कप खेल्न सन्दीप दोहा हुँदै पाकिस्तान जाने

 काठमाडौं, ११ भदौ ।  एसिया कप क्रिकेट खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने सोमबार पाकिस्तान जान लागेका छन् । सोमबार कतारको दोहा हुँदै लामिछाने पाकिस्तान जान लागेका हुन् । 

जबरजस्ती करणीको कसुरमा आइतबार अन्तिम सुनुवाइ हुने भनिए पनि समय अभावका कारण सन्दीपको मुद्दा हेर्न नभ्याउनेमा परेपछि सन्दीप सोमबार पाकिस्तान जान लागेका हुन् । जबरजस्ती करणीको कसुरमा सन्दीपविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । 

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार सोमबार बिहान ११ः२० बजे कतार एयरवेजको उडानबाट उनी कतारको राजधानी दोहा पुग्नेछन् । त्यहाँबाट स्थानीय समय अनुसार १९ः४० को उडानबाट उनी पाकिस्तानको मुल्तान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । स्थानीय समय अनुसार रातको १ बजे लामिछाने मुल्तान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ । 

लामिछानेको अर्को पेसी भदौ २१ गते तोकिएको छ । भदौ १८ अर्थात् सेप्टेम्बर ४ तारिखको नेपाल र भारतबीचको खेले खेलेर लामिछाने भदौ २० गते नेपाल फर्किनेछन् । 

भदौ २१ गते तय गरिएको पेसीका लागि लामिछाने भदौ २१ गते बिहान नेपाल आइपुग्ने लामिछानेका कानुन व्यवसायी घिमिरेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।