image
image

भक्तपुरले नेपालमै पहिलो पटक सञ्‍चालनमा ल्यायो ‘वाटर साइकल’



काठमाडौं, १० भदौं । भक्तपुर नगरमा पर्यटन प्रवर्द्धनका लागि ‘वाटर साइकल’ सञ्‍चालनमा ल्याइएको छ । ‘वाटर साइकल’ भक्तपुर नगरपालिकाको १ नम्बर वडामा रहेको पोखरी नः पुखुः मा सञ्‍चालनमा ल्याएको हो ।

नेपालमै पहिलो पटक सञ्‍चालनमा ल्याएको सो ‘वाटर साइकल’को उद्घाटन शनिबार गरिएको छ । भक्तपुर नगरपालिकाका खेलकुद संयोजकसमेत रहेका वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका अध्यक्ष तपेन्द्र तिमिल्सिनाले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा वडाध्यक्ष श्यामकृष्ण खत्रीले वाटर साइकलले आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । साहसिक खेलसमेत भएकाले वाटर साइक्लिङ स्वास्थ्यको लागि पनि लाभदायक हुने खत्रीले बताए । उनले भक्तपुर नगरपालिकाले देशमै पहिलो पटक वाटर साइकल सुरु गर्न सकेकामा गौरवान्वित भएको पनि बताए ।

पानीमा चल्ने साइकल टिएन एड्भेन्चर्सले भक्तपुर नगरपालिकासँग सहकार्य गरी सञ्‍चालनमा ल्याएको सञ्‍चालक संस्थाका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले जानकारी दिएका छन् । यसले मनोरञ्जन र एड्भेन्चर्स दुवै प्राप्त गर्न सकिने उनले बताए ।

यस्तै सुनकोशी गाउँपालिकाका अध्यक्ष तपेन्द्र तिमिल्सिनाले पर्यटनलाई जनजीविकासँग जोड्नु पर्ने भन्दै भक्तपुर नगरपालिकाले वाटर साइकल सञ्‍चालन गरी पोखरीलाई पर्यटन, रोजगारी र आम्दानीसँग जोड्न सकिने बताए ।

भक्तपुरको नस्पुखु पछि सर्लाहीको बागमती नगरपालिकासँगको सहकार्यमा त्यहाँको भरत तालमा यो सञ्‍चालन गर्ने सहमति भइसकेको पनि सञ्‍चालन संस्थाको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।