image
image

८ महिनामा ५३ करोडको फेस मास्क आयात

काठमाडौं  । चालु आर्थिक वर्ष २०७७/७८ को ८ महिनामा भारत तथा तेस्रो मुलुकबाट ५३ करोड रूपैयाँ भन्दा बढीको मास्क आयात भएको छ। भन्सार विभागमा अनुसार दर्जन भन्दा बढी देशबाट ८ महिनामा ५३ करोड ३८ लाख ४४ हजार रूपैयाँको मास्क आयात भएको छ।

सन् २०२० को सुरुवातीसँगै विश्वभरी कोरोनाको माहामारी फैलिएको थियो। महामारी सुरु भएसँगै फेस मास्कको माग बढेको थियो। अहिले पनि फेस मास्कको माग घटको छैन। तर, मूल्य भने ७५ प्रतिशतले कम भइसकेको छ।

सुरुवाती चरणमा एउटा मास्कको मूल्य १० रूपैयाँदेखि २० रूपैयाँसम्म पुगेको थियो। अहिले सरदर ५ रूपैयाँसम्ममा मास्क पाइन थालेको छ। साथै, नेपालमा पनि व्यवसायीले मास्क उत्पादन मेसिन ल्याएर अहिले मास्क उत्पादन गरिरहेका छन्। मास्कको बजार माग बढेसँगै एक वर्ष अगाडिसम्म मेडिकलमा मात्रै पाइने मास्क अहिले खाद्यान्न पसलमा समेत पाइन्छ।

नेपालको उत्पादनसँगै अहिले भारत तथा तेस्रो देशबाट समेत मास्क नेपाल आइरहेको छ। भन्सार विभागको तथ्यांकअनुसार अहिले नेपालले अष्ट्रेलिया, कम्बोडिया, क्यानडा, चीन, फ्रान्सलगायत ३ दर्जनभन्दा बढी मुलुकबाट मास्क आयात गर्दै आएको छ। मास्क आयातबाट सरकारले ९ करोड ४१ लाख रूपैयाँ राजस्व उठाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।