नेपाल मासु र अण्डामा आत्मनिर्भर, दूधमा आत्मनिर्भरता उन्मुख !
काठमाडौँ - मासु र अण्डामा मुलुक आत्मनिर्भर भएको छ भने दूधमा आत्मनिर्भरता उन्मुख रहेको अवस्था छ । कृषि प्रधान देशमा कृषि उपज आयात गर्नुपर्दाको अवस्था बिस्तारै अन्त्य गर्न सकिन्छ भन्ने यसले देखाएको छ । बिस्तारै विभिन्न कृषि उपजमा आत्मनिर्भर बन्ने रणनीति तय गर्दा त्यो सम्भव छ भन्ने यसले देखाएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ।
मासु र अण्डामा आत्मनिर्भर हुनुको अर्थ विदेशबाट यी वस्तु आयात नै नहुने होइन । बढी मूल्य तिर्न तयार व्यक्तिहरूका लागि यी वस्तु आयात हुन्छन् नै । प्रतिस्पर्धात्मक बजारमा आत्मनिर्भर भएका वस्तुको आयात नै हुँदैन भन्ने होइन तर आमा मानिसमा नेपाली उत्पादन पुगेको भन्ने यसको अर्थ लाग्छ ।
विश्व खाद्य तथा कृषि संगठनले प्रतिव्यक्ति न्यूनतम ९१ लिटर दूध, १४ किलो मासु र ४८ गोटा अण्डा उपभोगको सिफारिस गरेको छ । नेपालमा प्रतिवर्ष ७९ लिटर दूध, १८.१ किलो मासु र ६१ गोटा अण्डाको उपलब्धता भएकाले आत्मनिर्भर भएको मानिएको हो । त्यस्तै क्यालोरी उपभोगमा दक्षिण एसियामा नै पहिलो छ । २५ सय क्यालोरी प्रति व्यक्ति प्रतिदिन उपयोग हुनुपर्नेमा नेपालमा विकसित देशसरह २८ सयभन्दा माथि रहेको छ ।
क्यालोरी पर्याप्त उपभोग गरे पनि त्यसमा स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने चिनी र रातो मासुको उपभोग भने औसतभन्दा बढी नभएको पाइनु नेपाली खाद्य संस्कारको राम्रो प्रवृत्ति देखिन्छ । यसरी मासु र अण्डामा आत्मनिर्भर हुनु तथा दूधमा आत्मनिर्भरताउन्मुख हुनु निकै सकारात्मक छ ।