चितुवा र रेडपाण्डाको छाला सहित ८ जना पक्राउ
काठमाडौँ १४ चैत । आज विहान चितवा र रेडपाण्डाको छाला सहित ८ जना पक्राउ परेका छ । पक्राउ पर्नेमा नौमुले गाउँपालिका– ३ नाउँले बस्ने बर्ष ५१ को धन बहादुर मगर, वडा नं.–१ लेली बस्ने बर्ष ३३ को कबिराम अधिकारी, वडा नं.– ४ बस्ने बर्ष १९ को गाडीको चालक रोशन बस्नेत, वडा नं.– २ बस्ने डिल बहादुर पुरीको छोरा बर्ष ३३ को धन बहादुर पुरी, वडा नं.– ३ बस्ने बर्ष २२ को दल बहादुर खत्री, २ मै बस्ने बर्ष ४५ को हस्त बहादुर थापा रहेका छन् ।
यस्तै भगवतीमाई गाउँपालिका वडा नं. १ बस्ने बर्ष २७ को गोबिन्द थाप र २ नम्बर वडामा बस्ने बर्ष ५६ को धन बहादुर रावतलाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । उनिहरुलाई गोप्य सूचनाको आधारमा नारायण नगरपालिका वडा नं. ३ खुर्सानीबारी पिपल चौतारा नजिकबाट प्रहरीले नियन्त्रणमा लिईएको बताएका छन् ।
कर्णाली प्रदेश ०२००१ ज ००३६ नम्बरको डबल क्याप बोलेरो जिपमा नौमुले गाउँपालिका–२ देखि दैलेख बजार (नारायण नगरपालिका) तर्फ आईरहेको अवस्थामा गाडीलाई चेकजाँच गर्दा उनिहरुले बन्यजन्तुका छाला बरामद गरी वन्यजन्तु ओसार–पसार गरिरहेको पाईएको हो ।