आजबाट सिटिजन्स बैंक र तिनाउको एकीकृत कारोबार शुरु
काठमाडौं १४ चैत : आजबाट सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको एकीकृत कारोबार शुरु भएको छ । सिटिजन्सले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछिको कारोबार शुरु भएको हो ।
यी दुवै बैंकले आ-आफ्नो विशेष/साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबार सुरु गरेका हुन् । दुवै बैंकले गत कार्तिक १ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेको थियो ।
त्यस्तै सिटिजन्स बैंकको हालको चुक्तापूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछिको चुक्तापूँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।