image
image

यो साता नेप्सेमा ४ कम्पनीको सेयर सूचीकृत,  कुनको कति ?

काठमाडौँ १४ चैत । यो साता नेप्सेमा ४ कम्पनीको सेयर सूचीकृत भएको छ । सूचीकृत हुनेमा वोमी लघुवित्त, बुटवल पावर कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स र सनराइज बैंकको सेयर रहको छ । नेप्सेको अनुसार यो साता  ४ कम्पनीको एक करोड १४ लाख कित्ता सेयर सूचीकृत भएको हो ।

कुनको कति कित्ता ?

वोमी लघुवित्त
आइतबार वोमी लघुवित्तको ५ लाख ७ हजार ४२० कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्थासँगको मर्जर पश्चात कायम उक्त सेयर वोमी लघुवित्तको नाममा सूचीकृत भएको हो । 

बुटवल पावर कम्पनी
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार नेप्सेमा बुटवल पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार बुटवल पावर कम्पनीको १० प्रतिशत बोनस बापत २६ लाख ७४ हजार ७८७ कित्ता सेयर सूचीकृत भएको छ ।  
 
नेशनल लाईफ इन्स्योरेन्स 
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस वापतको ३० लाख ८२ हजार ६२६.५३ कित्ता बोनस सेयर सूचीकृत गराएको हो । 

सनराइज बैंक 
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा बिहिबार सनराइज बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार बैंकको ५.८० प्रतिशत बोनसवापतको ५२ लाख एक हजार ३३०.६३ कित्ता सेयर सूचीकृत भएको हो ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।