नेपाल टेलिकमद्वारा ४० रुपैयाँ लाभांश पारित
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (टेलिकम) को शुक्रबार सम्पन्न भएको १३ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश पारित गरेको छ ।
शुक्रबार काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।
त्यस्तै, सभाले कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्य समेत चयन गरेको छ । सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेगरी अम्बिका प्रसाद पौडेललाई निर्विरोध चयन गरेको हो ।
उनले शेयरधनीहरुलाई उचित प्रतिफल, कर्मचारीहरुलाई उचित प्रोत्साहन र दूरसञ्चार सेवालाई अझै सर्वसुलभ तथा गुणस्तरीय बनाउनको लागि कार्य गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।