लोक सेवा आयोगको निजामती कर्मचारीको पदपूर्ति अवरुद्ध, किन ?
काठमाडौँ १४ चैत । हाल लोक सेवा आयोगको निजामती कर्मचारीको पदपूर्ति अवरुद्ध भएको छ । लोक सेवा आयोग पदाधिकारीविहीन भएपछि चार हजार निजामती कर्मचारीको पदपूर्ति अवरुद्ध भएको हो ।
कोरोना महामारीका कारण गत वर्षकै प्रक्रिया टुंग्याउन ढिलो भएकोमा चालु वर्षको पदपूर्तिको विज्ञापनअनुसार प्रक्रिया अघि बढाउन नपाउँदै लोक सेवा पदाधिकारीविहीन भएको छ । पछिल्लो समय निजामती कर्मचारी, प्रहरी, सेना, संगठित संघसंस्थासहित १ सय १९ निकायमा कर्मचारीको भर्ना, बढुवा र आन्तरिक परीक्षामा लोक सेवाको संलग्नता रहँदै आएको छ ।
त्यसैगरी अध्यक्षसहित पाँच जना पदाधिकारीको ६ वर्षको कार्यकाल चार दिनअघि सकिए सँगै खरिदारदेखि विशिष्ट श्रेणीका कर्मचारीको आन्तरिक तथा खुला प्रतियोगिता एवं बढुवासम्बन्धी सबै प्रक्रिया रोकिएपछि आयोगका कर्मचारी दैनिक प्रशासन सञ्चालनमै सीमित भएका छन् । लोक सेवाका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार सात महिनाअघि नयाँ भर्ना प्रक्रिया सुरु गरिएको खरिदार पदको दोस्रो चरणको लिखित परीक्षा स्थगन गरिएको छ । साथै स्वास्थ्य सेवाअन्तर्गत नवौं तहको २० जनाको अन्तर्वार्ता रोकिएको छ ।