image
image

अझै खुल्न सकेनन नेपाल-चिन नाका 

काठमाडौँ  । विगत १४ महिना  देखि बन्द भएको नेपाल-चिन नाका अझै सम्म पनि खुल्न सकेको छैन ।त्यसैगरि निर्यात व्यापार पनि पूर्ण रुपले बन्द छ । यसैबीच चिनियाँ नाका किन बन्द गरिएको हो भन्ने विषयमा कुनै आधिकारिक जानकारी सरकारसँग छैन ।
 
 उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनियाँ नाका किन बन्द गरियो र कहिले खुलाउने भन्ने विषयमा हालसम्म कुनै आधिकारिक जानकारी नआएको जनाएको छ ।  मन्त्रालयकी प्रवक्ता उर्मिला केसीले पछिल्लो समय पहिरो, ल्होसारलगायतको कारण देखाँउदै नेपाल–चीन व्यापारिक नाका चिनियाँ पक्षले बन्द गरे पनि निर्यातको लागि कहिले खोल्ने भन्ने विषयमा हालसम्म कुनै जानकारी उता पक्षले नदिएको बताइन् ।

यस्तै मन्त्रालयजस्तै व्यवसायी तथा नेपालका व्यावसायिक संस्थाहरू पनि निर्यातका लागि चीनले नाका कहिले खोल्ने भन्ने विषयमा बेखबर रहेको बताउँछन् । नेपाल–चीनबीच नौवटा नाकाहरू रहेको भए पनि व्यापारिक प्रयोजनको लागि बढी प्रचलनमा भएका भने तातोपानी र रसुवा नाका हुन् ।
 
यद्यपी ती नाकाहरूबाट नेपालबाट जडीबुटी, हस्तकला सामग्री, गलैँचा, फुटवेयर, चिया, मूर्ति तथा भाँडाजन्य सामग्री निर्यात गरिन्छ भने चीनबाट स्याउ, लसुन, तयारी पोशाक, कपासजन्य सामग्री तथा विद्युतीय सामग्री आयात गरिन्छ । नेपाली व्यवसायीकै पहलमा आयातलाई सीमित रुपमा चिनियाँ पक्षले भने खुला गरेको छ । हाल दैनिक रुपमा दुईवटा नाकाबाट दर्जनभन्दा बढी कन्टेनरहरू नेपालतर्फ आउने गरेको भन्सार कार्यालयले जानकारी दिएको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।