image
image

यस्तो छ नेपाल घुम्न आउने पर्यटकले पालना गर्नुपर्ने नयाँ स्वास्थ्य मापदण्ड

काठमाडौँ । पछिल्लो समय भारत लगाएत अन्य मुलुकसँगै नेपालमा पनि कोरोनको संक्रमण दर बढ्दै गईरहेको छ । कोरोना संक्रमणको त्रास बढ्दै जाँदा नेपाल घुम्न आउने पर्यटकले पालना गर्नुपर्ने नयाँ स्वास्थ्य मापदण्ड निर्धारण भएको छ । पर्यटकहरुको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धि मापदण्ड, २०७७ मन्त्रिपरिषद बैठकले पारित गरेर जारी गरेको हो ।  

उक्त मापदण्ड अनुसार अब पर्यटकले आफ्नो सम्पूर्ण विवरण पर्यटनसम्बन्धिका कार्यालयहरुमा जानकारी गराउनुपर्नेछ । भारत लगायतका देशबाट आउने पर्यटकले सीमानाकामा खोलिएको हेल्थ डेस्क वा पर्यटन सम्बन्धिका कार्यालयहरुमा यसबारेमा जानकारी गराउनुपर्नेछ ।

नेपाल घुम्न आउने पर्यटकले नेपाल पर्यटन बोर्डबाट अनुमति लिएर मात्रै आउन पाउनेछन् । कुनै ट्राभल कम्पनी वा एजेन्टमार्फत नेपाल आउँदा पनि सम्बन्धित सरकारी कार्यालयबाट स्वास्थ्य मापदण्ड पालना गरेर सम्पूर्ण अनुमति लिनुपर्ने मापदण्डमा उल्लेख छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।