image
image

किसान लघुवित्तले हटायो हकप्रदको प्रस्ताव

काठमाडौँ १३ चैत । नेप्सेले चैत १० गते कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर सम्बन्धमा तीनदिनभित्र स्पष्टिकरण पठाउँन माग गरेपछि किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले नेप्सेलाई स्पष्टिकरण पठाएको छ । कम्पनीले चैत ८ गते आइतवार शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव सहित साधारण सभा आव्हान गरेकोमा सोमवार उक्त प्रस्ताव हटाई पुनः सुचना प्रकाशन गरेको थियो । नेप्सेले उक्त विषयका कारण आइतवार र सोमवार कम्पनीको शेयरमूल्यमा असर परेको भन्दै मंगलवारदेखिनै कारोबार रोक्का गरेको छ । 

कम्पनीले चैत १२ गते नेप्सेमा स्पष्टिकरण पेश गर्दै कम्पनीको सञ्चालक समितिले पूँजी बृद्धिका लागि तय गरेको हकप्रद शेयर निष्कासनको प्रस्ताव नेपाल राष्ट्र बैंकको निर्देशनका कारण हटाउनुपरेको स्पष्ट पारेको छ । कम्पनीको सञ्चालक समितिको चैत ६ गते साझ भर्चुअल माध्यमबाट बसेको बैठकले दोस्रो वार्षिक साधारण सभाको मिति, स्थान , समय र छलफलका विषयहरु तय गर्दै पूँजीकोष बृद्धिका लागि मर्जर, हकप्रद शेयर, पूनः शेयर निष्कासन जस्ता कुराहरु छलफल भएको कम्पनीको स्पष्टिकरणमा उल्लेख छ । 

सञ्चालक समितिले साधारण सभामा लिने प्रस्तावहरु मध्य हकप्रद शेयरको प्रस्ताव सम्बन्धित निकायसँग परामर्स गरेर मात्र अघि बढ्ने निर्णय गरेको र भोलीपल्ट बिदा परेकाले मरामर्स लिन नसकिएको समेत कम्पनीले प्रष्ट पारेको छ । 

प्रचलित कम्पनी ऐनमा भएको व्यवस्था अनुसार साधारण सभा हुनुभन्दा कम्तिमा २१ दिन अगाबै साधारण सभा सम्बन्धि सुचना निकाल्नुपर्ने भएकोले परामर्स अगाबै हकप्रद शेयर सहितको साधारण सभाको सुचना प्रकासित भएको कम्पनीको भनाई छ । आइतवार नेपाल राष्ट्र बैंकसँग परामर्स गर्दा उक्त प्रस्ताव हटाउन सुझाब आएकाले त्यसलाई संशोधन गरी चैत ९ गते दोस्रो पटक साधारण सभाको सुचना प्रकासित गरेको कम्पनीले प्रष्ट पारेको छ । सोही दिनको सुचनानै आधिकारिक भएको पनि कम्पनीको भनाई छ ।  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।