image
image

सिटिजन्स बैंक र तिनाउँ मिसन डेभलपमेण्ट बैंकको एकिकृत कारोबार भोलिदेखि

काठमाडौं १३ चैत  । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले चैत १४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकबाट चैत ९ गते प्राप्तीका लागि अन्तिम स्वीकृति पाएपछि सिटिजन्स बैंकले एकीकृत कारोबारको लागि मिति तय गरेको हो । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई १००ः९६ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ती गरेको हो । 


शेयर आदानप्रदान सम्झौता अनुसार तिनाउ मिसन डेभलपमेण्ट बैंकको शेयरधनीहरुले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९६ कित्ता शेयर प्राप्त गर्नेछन् । एकीकृत कारोबारका लागि दुबै बैंकले एउटै सफ्टवेयरसँग डाटा माइग्रेसन गर्नुपर्ने भएकाले चैत १३ गते ३ बजेदेखि चैत १४ गतेसम्म सम्पूर्ण सेवा बन्द गर्ने जानकारी दिएका छन् । यी दुई बैंक एक भएपछि चुक्तापूँजी रू. ११ अर्ब ६६ करोड पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।