image
image

अलैंची खेतीबाट लागत पनि नउठ्ने चिन्तामा किसान

धनकुटा- कोरोना संक्रमण घट्दै जाने र भारतीय नाका सहज भइ अलैंचीको मूल्य बढ्ने आशामा रहेका धनकुटाका अलैंची किसान यतिबेला निराश छन् । उत्पादकमात्र नभइ व्यापारी समेत अलैंचीको मूल्यमा सुधार नभएपछि निराश बनेका हुन् ।  यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ।

मुख्य सिजनमा धनकुटामा २० हजार प्रतिमन मूल्य रहेको अलैंचीमा भारतीय नाका खुला हुने र व्यापार सहज हुने आशाका साथ २७ हजार प्रतिमनसम्ममा कारोबार भएको थियो । तर, नाकाको अन्योलसँगै फेरि अलैंचीको मूल्य ओरालो लाग्न थालेपछि किसान तथा व्यापारीलाई चिन्ता थपिएको छ ।

कोरोना महामारी घटेसँगै भारतीय नाका सहज होला र भारतमा अलैंची पठाउन सकिएला भन्ने किसान तथा व्यापारीहरूको आशा थियो । अलैंची व्यवसायी संघ धनकुटाका अध्यक्ष इन्द्र तितुङ भन्छन्, “नाका नखुल्दा अलैंचीको मूल्य घट्न थालिसकेको छ, अहिले प्रतिमन २४ हजारमा झरिसक्यो ।” उनका अनुसार सरकारले नाका खोल्न पहल नगर्ने हो भन किसान र व्यापारी ऋणको भारले मारमा पर्ने अवस्था छ । छथर जोरपाटीका कृषक सुरेन्द्र लिम्बु केही वर्ष पहिला अलैंचीको मूल्य आकासिएको र यसले गर्दा किसानले बगान विस्तार गरेको बताउँछन् । उनी भन्छन्, “जब किसानले अलैंचीको खेती व्यापक बढाए, त्यसपछि भने अलैंची खेतीमा रोग पनि भित्रियो र मूल्यसमेत धेरै घट्यो जसले गर्दा किसान मर्कामा परेका छन् ।”

अलैंचीको उचित मूल्यसँगै बजारको सुनिश्चतताको गर्नु आवश्यक भएको लिम्बु बताउँछन् । मसलाजन्य बालीअन्तर्गत पर्ने अलैंची खेती धनकुटाको करिब २ सय ४० हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ भने करिब ४ हजार ६ सय किसान अलैंची खेतीमा संलगन रहेको अलैंची व्यवसायी संघ धनकुटाले जनाएको छ । ‘कालो सुन’को नामले परचित अलैंचीको भाउ केही वर्षयता निरन्तर ओरालो लाग्न थालेपछि किसानले लागत खर्चसमेत उठाउन सकेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।