image
image

पुँजी बजारमा ४० प्रतिशत महिला सहभागिता

पुँजी बजारमा महिला सहभागिता वृद्धिका चेतना जगाउन लैंगिक समानता लागि घण्टी बजाउने कार्यक्रम आयोजना गरिएको छ । विश्व बैक समूह अन्र्तगतको अन्र्तराष्ट्रिय वित्त निगम (आईएफसी) र विश्व एक्सचेन्जसँग आवद्ध नेपाल स्टक एक्सचेन्जले युए ओमेनको आह्वानमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बिहीबार पहिलोपटक नेपालमा यस्तो कार्यक्रम आयोजना गरेको हो । कोभिडको कारणले विश्वमा कोडिडको कारणले ५४ प्रतिशत समग्र रुपमा रोजगारी गुमाएको अवश्थामा पनि महिलाको पुँजी बजारमा सहभागिताले दिगो निजी क्षेत्रको विकासमा प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आईएफसीले जानकारी दिएको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
कार्यक्रममा नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेले पहिलोपटक लैंगिक समानताका लागि घण्टी बजाउने कार्यक्रममा आईएफसी र युएन ग्लोबल कम्प्याक्ट नेपालसँग साझेदारी गर्न खुशी भएको बताए । ‘विश्वभरिका एक भन्दा बढी स्टक एक्सचेन्जको साथ लैंगिक समानताका लागि आयोजित कार्यक्रममा सहभागी लिन पाउँदा उत्साहित छौ, यसले हाम्रो श्रम शक्ति, अर्थतन्त्र र पुँजी बजारमा महिला सहभागिता मात्र बढाउँदैन, आर्थिक रुपमा पनि बलियो बनाउँछ,’ उनले भने ।
कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले दिएको जानकारी अनुसार, हाल सेयर बजारमा भएका कुल डिम्याट खातामध्ये महिलाको खाता ४२ प्रतिशत, कुल मेरो शेयर खातामा करिब ४५ प्रतिशत र र दोस्रो बजारमा धितोपत्रको कारोबारका लागि खोलिएको कुल कारोबार खातामा करिब ३१ प्रतिशत महिलाको खाता छ । यस तथ्यांकले पुँजी बजारमा ४० प्रतिशत मात्र सहभागिता देखाएको छ । अध्यक्ष ढुंगानाले नेपालको पूँजी बजारमा रहेका विभिन्न निकायहरूमा महिलाको सहभागिता अभिवृद्धि तथा समानता कायमका लागि यस कार्यक्रमले महत्वपूर्ण सन्देश दिने बताए ।
आईएफसीले गरेको हालै गरेको एक अध्ययनले कर्पोरेट क्षेत्रमा महिलाको सहभागिता एकदम न्यून छ । ऊर्जा क्षेत्रका १३२ बोर्ड सदस्यमध्ये ९ प्रतिशत मात्र महिला छन् । ‘महिला सहभागिता वृद्धिका लागि आईएफसीले महिलाको अग्रसरमा अघि बढेका १८ ऊर्जा कम्पनीमा लैंगिक असन्तुलन हटाउन सहयोग गरिरहेको छ,’ आईएफसीका लागि आवासीय प्रतिनीधि बाबाकार एस फायेले भनिन्, ‘नेपालमा कर्पोरेट बोर्डहरुमा महिला सहभागिता बढाउन अझ धेरै कुरा गर्न आवश्यक छ ।’
कार्यक्रममा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले लैंगिक समानतामा प्रगति गर्न महिलामा वित्तिय साक्षरता बढाउनुपर्ने बताए । युएन ग्लोबल कम्प्याक्ट नेटवर्क नेपालका अध्यक्ष प्रदीपमान वैद्यले विश्व व्यापी अर्थतन्त्र महामारीबाट मुक्त हुन संघर्ष गरिरहेको अवस्थामा महिलाको बढ्दो सभागितालाई पुनः पहिलाकै अवस्थामा पुर्याउनका लागि कार्यक्रमले सहयोग गर्ने बताउँदै यसले पुँजी बजार थप समावेशी बनाउन सहयोग पुर्याउन बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।