image
image

शुक्रवारदेखि एनसीसी बैंकले ऋणपत्र विक्री गर्ने 

काठमाडौं १२ चैत । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले चैत १३ गते (शुक्रवार) देखि ऋणपत्र विक्री खुला गर्दैछ ।कम्पनीले १० वर्षे अवधिको ९ दशमलव ५० प्रतिशत ब्याजदर रहेको ३० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । कम्पनीले उक्त ऋणपत्रको नाम “९ दशमलव ५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” दिएको छ । 

प्रतिऋणपत्र रू. १ हजार मूल्यको कुल कित्तामध्ये ११ लाख ४० हजार कित्ता मात्र आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागिएको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको १२ लाख कित्तामध्ये ६० लाख कित्ता ऋणपत्र सामूहिक लगानीकोषलाई बाँडफाँट गरिसकेको छ । बाँकी १८ लाख कित्ता भने कम्पनी आफैंले विभिन्न व्यक्ति वा संघसंस्थाहरुलाई विक्री गर्नेछ ।

गत माघ १० गतेनै अनुमति पाएकोउक्त कम्पनिले छिटोमा चैत १८ र ढिलोमा चैत २७ गतेसम्म विक्रीमा रहने यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्र विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै एनसीसी बैंकको केन्द्रीय कार्यालय बागवजार, काठमाडौं र सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ । 

साथै मेरो शेयर सफ्टवेयरबाट पनि यो ऋणपत्र खरीद गर्न सकिने व्यवस्था छ । इक्रा नेपालले कम्पनीको यो ऋणपत्रलाई मध्यम जोखिमको संकेतगर्ने इक्रा एनपी एल त्रिपल बी रेटिङ प्रदान गरेको छ । कम्पनीले यो ऋणपत्र विक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत माघ १० गतेनै अनुमति पाएको थियो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।