घट्यो औषधी आयात,कतिको भित्रियो ?
काठमाडौँ १२ चैत । चालु आर्थिक वर्षको ८ महिनामा औषधीको आयात घटेको देखिएको छ । गत वर्षको तुलनामा यो वर्ष औषधि आयात ६.६ प्रतिशतले घटेको हो ।
भन्सार विभागको फागुन महिना सम्मको तथ्याङ्क अनुसार चालु वर्षको फागुन महिना सम्म १९ अर्ब १६ करोड बढिको औषधि आयात भएको छ । गत वर्षको सोही अवधिमा २० अर्ब ५२ करोड ११ लाख १६ हजार रुपैयाँ बराबरको औषधि आयात भएको थियो ।
तथ्यांक अनुसार यो वर्ष सोहि अवधिमा औषधी आयात कम हुँदा १ अर्ब ३५ करोड ७८ लाख ४७ हजार बराबरको रकम बाहिरिन बाट जोगिएको छ ।त्यस्तै गत आर्थिक वर्षमा २८ अर्ब १८ करोड २५ लाख १८ हजार रुपैयाँ बराबरको औषधि आयात भएको थियो ।