नेपाललाई जर्मनीले १० मिलियन युराे अनुदान दिने
काठमाडौँ १२ चैत । जर्मनीले नेपाललाई १० मिलियन युरो दिने भएको छ । यो रकम जर्मनीले अनुदान स्वरूप दिने भएको हो । अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरबीच अनुदान प्रदान गर्ने सम्झौतामा हस्ताक्षरसमेत भएको छ।
जर्मनीका राजदूत सेइफरले बताए अनुसार उक्त रकम नेपालको ग्रिन रिकभरी र समावेशी विकासका लागि अनुदान दिइएकाे हो । त्यसैगरी सोलार फार्म विस्तार गर्न, सोलार सिञ्चाइ विस्तार गर्न र अन्य गतिविधि विस्तार गर्न सहयोगस्वरुप अनुदान दिइएकाे बताइएकाे छ। अनुदान सहयाेग नेपालको ग्रामीण भेगमा केन्द्रित हुने नेपालका लागि जर्मनीका राजदूत राेनाल्ड सेइफरले बताएका छन्।