आज पनि बढ्यो सेयर बजार, यी ६ कम्पनीका लगानीकर्ताले कमाए १० प्रतिशत
काठमाडौँ ११ चैत । आज बुधबार सेयर बजारको परिसूचक नेप्से ४१ अंकले बढेको छ। सो अंकको वृद्धिपछि नेप्सेको अंक २५७० कायम भएको छ। २०८ कम्पनीको ६ अर्ब ६७ करोड रुपैयाँको सेयर किनबेच हुँदा कारोबार रकम पनि बढेको छ।
जलविद्युत समूह १४ अंकले घट्यो भने अरु सबै समूह बढेका छन्। माथिल्लो तामाकोसीको मूल्य घटेकाले यस दिन सो समूहमा प्रभाव परेको हो। कम्पनीको मूल्य यस दिन २६ रुपैयाँ घटेर ७७२ रुपैयाँ कायम भएको छ। त्यसैगरी माथिल्लो तामाकोसीको ४१ करोड बराबरको कारोबार भयो। रैराङ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.६ प्रतिशतले घट्यो।
बैंकिङ २२, ब्यापार ३८१, होटल तथा पर्यटन १७८, विकास बैंक २१, फाइनान्स २२, निर्जीवन बीमा २२१, उत्पादन ५१, अन्य २०, माइक्रोफाइनान्स १२२, जीवन बीमा १४१ र लगानी समूह ४ अंकले बढेका छन्। त्यसैगरी ६ कम्पनीहरू साल्ट ट्रेडिङ, जलविद्युत लगानी तथा विकास कम्पनी, चन्द्रागिरि हिल्स, आरएसडिसी लघुवित्त, माउन्टेन हाइड्रो र कालिका पावर कम्पनीका सेयर लगानीकर्ताले १० प्रतिशत मूल्य कमाए।
निरन्तर बढेको चन्द्रागिरिको मूल्य प्रतिकित्ता १८९० रुपैयाँ कायम भएको छ। सेयर संख्या थोरै हुँदा कम्पनीको वित्तीय स्थिति मजबुत नहुँदा पनि चन्द्रागिरिको मूल्य उकासिएको हो। त्यसैगरी आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मूल्य ७ प्रतिशतले बढेर प्रतिकित्ता ५८१ रुपैयाँ कायम भएको छ। कारोबारका आधारमा पनि सोही बैंक अग्रस्थानमा रह्यो। ६५ करोड रुपैयाँ बराबरको कारोबार भयो।