महिला फुटबल टोली आज बंगलादेश जाँदै
काठमाडौँ, २६, असार । नेपाली महिला राष्ट्रिय फुटबल टोली मंगलबार बंगलादेश प्रस्थान गर्न लागेको छ। नेपाल र बंगलादेश बीच हुने मैत्रीपूर्ण खेलमा सहभागी हुनका टोली त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।
नेपालले बंगलादेशसँग पहिलो खेल असार २८ गते र दोस्रो खेल असार ३१ गते खेल्ने तय भएको छ । बंगलादेशसँग खेल्ने टोलीमा अन्जना राना मगर, उषा नाथ, एन्जिला तुम्बापो सुब्बा, अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजना राना, विमला विके, निशा थोकर, समिक्षा घिमिरे, अन्चली वाइवा रहेका छन् ।
यस्तै रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही, सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की र रेखा पौडेल रहेको अखिल नेपाल फुटबल संघले जनाएको छ ।









