कारोबारको तेस्रो घण्टा : नेप्से ३९.६२ अंकले उकालो लाग्यो
काठमाडौं- कारोबारको चौथो दिन (बुधबार)नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबार सुरु भएको तीन घण्टा सम्म आइपुग्दाँ ३९.६२ अंकले बढेको छ ।कारोबारको सुरुवात देखि नै उकालो लागेको नेप्से परिसुचक कारोबार तेस्रो घण्टासम्म्म १.५७ प्रतिशतले बढेको हो ।
तीन घण्टाको अवधीमा कारोबारका १३ उपसमुह मध्ये हाइड्रोपावर सेक्टर भने ३.५५ अंकले ओरालो लागेको छ । सोही अवधीसम्म कारोबारमा आएका २०६ कम्पनीको १ करोड २४ लाख ५३ हजार ४६२ कित्ता शेयर ५१ हजार ६६५ पटक खरिद बिक्री हुदाँ ४ अर्ब ६४ करोड १५ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका उक्त कम्पनीमध्ये निफ्राले सर्वाधिक कारोबार गरेको छ । निफ्राले २ बजेसम्म आइपुग्दाँ ४८ करोड ९ लाख ९२ हजार बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।