image
image

बैंक अफ काठमाण्डूलको स्वामित्वमा रहेको दुई कम्पनीको शेयर बाँडफाँट   

काठमाडौं ११ चैत । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त र छिमेक लघुवित्तको संस्थापक शेयर विक्री पश्चात बाँडफाँट गरेको छ । बैंकले माघ २७ गतेदेखि चैत ३ गतेसम्म यी दुई कम्पनीको संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री खुला गरी चैत १० गते बाँडफाँट गरेको हो । 

आरएमडिसी लघुवित्तको १ लाख ५० हजार कित्ता र छिमेक लघुवित्तको ७ लाख कित्ता शेयर बैंकले लिलामी प्रकृयाबाट विक्री खुला गरेकोमा  बैंकले छिमेक लघुवित्तको ९४ हजार ११० कित्ता र आरएमडिसी लघुवित्तको ५२० कित्ता शेयर बाँडफाँट गरेको जानकारी दिएको छ । त्यसैगरी बाँडफाँटमा नपरेको रकम बैंकले चैत १२ गतेदेखि आवेदकहरुले उल्लेख गरेको बैंक खातामै फिर्ता भुक्तानी गरिने जानकारी दिएको छ । 

आरएमडिसी लघुवित्तको संस्थापक समूहमा रितपूर्वक आवेदन दिने आवेदकहरुलाई प्रशोधन गर्दा बढी रकम अर्थात रू. ५५० सम्म बोलकबोल गर्ने र छिमेक लघुवित्तको प्रतिकित्ता रू. ६०१ दशमलव ७५ देखि ८५१ मूल्यसम्म बोलकबोल गर्ने आवेदनहरुमा माग बमोजिम शेयर बाँडफाँट गरिएको बैंकले सुचना मार्फत जानकारी दिएको छ । बैंकले आरएमडिसी लघुवित्तको शेयरको हकमा प्रतिकित्ता रू. ५२० र छिमेक लघुवित्तको हकमा प्रतिकित्ता रू. ६०० तोकेर विक्री खुला गरेको थियो ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।