image
image

मेलम्चीको पानी एक सातामै धारामा

काठमाडौँ - लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उपत्यकाबासीको धारामा अब एक साताभित्र नै मेलम्चीको पानी आउने दाबी खानेपानी मन्त्रालयले गरेको छ । यही चैत १५ गतेदेखि नै मेलम्चीको पानी उपभोक्ताको धारामा ल्याउने गरी तयारी पूरा भएको मन्त्रालयले जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ।

आयोजनाका अनुसार चैत १५ गते परीक्षणको क्रममा पानी उपभोक्ताको धारामा पठाइनेछ । आयोजनाका अनुसार बागमतीमा पठाउने भनिएको पानी उपभोक्ताको धारामा पठाएर आगामी १ साताभित्र नै उपभोक्ताले मेलम्चीको पानी उपभोग गर्न पाउने गरी तयारी थालिएको छ ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले नयाँ पाइपलाइनबाट र सुन्दरीजलको पानी प्रशोधन केन्द्रको परीक्षणको क्रममा रहेको बताए । “चैत १५ गते उपभोक्ताको धारामा मेलम्चीको पानी आउने त छ तर सबैमा पूरै पानी आउने होइन । परीक्षणको क्रममा पानी आउने हो,” उनले भने ।

मेलम्ची खानेपानी वितरणको जिम्मेवारी भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले लिएको छ । केयूकेएलका कार्यकारी प्रमुख मिलन शाक्यले भने, “अहिले महाँकाल, अनामनगर, नयाँबानेश्वर, मीनभवन र खुमलटारको पानी ट्याङ्कीमा मेलम्चीको पानी आउने छ । पानीको गुणस्तर नराम्रो हुँदैन, किनकी प्रशोधन केन्द्र छ । तत्कालको लागि पुरानो पाइपलाइनको प्रयोग भए पनि नयाँ परीक्षण भएपछि नयाँबाट नै वितरण गरिने छ ।”

पटक पटक मेलम्ची खानेपानी आयोजनाको भाका सर्दै आएको थियो । मेलम्ची खानेपानी आयोजनाका अनुसार सुन्दरीजलमा साढे आठ-आठ करोड पानी प्रशोधन गर्न सकिने दुईवटा प्रशोधन केन्द्र बनाइएका छन् ।

खानेपानी मन्त्रालयका अनुसार, मेलम्ची खानेपानी आयोजना सम्पन्न भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौं आउनेछ । काठमाडौंमा मात्रै दैनिक ४५ करोड लिटर दैनिक आवश्यक छ । हाल १३ करोड लिटरमात्रै आपूर्ति भइरहेको छ । मेलम्चीको पहिलो चरणको आयोजना सम्पन्न भएपछि १७ करोड लिटर पानी थप हुनेछ । दोस्रो चरणको आयोजना सम्पन्न भएपछि भने पुन थप ३४ करोड लिटर पानी वितरण हुने सरकारको योजना छ । मेलम्चीको दुवै चरणको आयोजना सम्पन्न भएपछि काठमाडौं बासीले दैनिक ५१ करोड लिटर पानी पाउनेछन् । बढी भएको पानी बागमतीमा बगाउने सरकारी योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।