अब अनलाइनबाट बिजुलीको महसुल तिर्दा शुल्क लाग्ने, कति लाग्छ ?
काठमाडौँ ।अब अनलाइन बिजुली महसुल भुक्तानी गर्ने सम्बन्धमा सर्भिस चार्ज बापतको शुल्क लाग्ने निर्णय भएको छ । प्राधिकरणले जानकारी दिए अनुसार रू ५ सय भन्दा माथि अनलाइन बाट भुक्तानी गर्दा रू ५ लाग्नेछ ।तर, ५ सय रुपैयाँसम्म बिजुलीको महसुल हुने ग्राहकले अनलाइन प्रणालीमार्फत भुक्तानी गर्दा भने शुल्क लाग्दैन ।
अर्थ मन्त्रालय र राष्ट्र बैंकले दिएको गाइडलाइनमार्फत सर्भिस शुल्क लिने निर्णय भएकोमा अहिले ५ सय रुपैयाँभन्दा बढी महसुल तिर्ने ग्राहक २० लाखभन्दा बढी छन् । त्यसैगरी प्राधिकरणले शुल्क भुक्तानीका लागि सेवा दिन इच्छुक सेवा प्रदायकलाई आवेदन दिन आव्हान गरिसकेको छ। अब नयाँ आउने सेवाप्रदायक तथा पुरानाका लागि पनि यही व्यवस्था लागू हुने छ।
प्राधिकरणको नियमअनुसार कुनै पनि सेवाप्रदायकले एक महिनाभित्र पटक–पटक भुक्तानी गरेमा एकपटक मात्र शुल्क लगाउनसक्ने छ। महिनामा एकपटकभन्दा बढी शुल्क लगाउन पाइने छैन। त्यसैगरी सेवाप्रदायकहरुले भुक्तानीको गुनासो सुन्ने व्यवस्था गर्नुपर्ने लगायतका शर्तहरु पनि निर्धारण गरिएको छ।